काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपालबाहेक नेकपा एकीकृत समाजवादीका सबै नेता कार्यकर्तालाई एमालेमा ढोका खुला रहेको बताएका छन् ।
समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीलगायतलाई प्रेस चौतारीमा स्वागत गर्दै उनले नेकपा एसको अब भविष्य नरहेको दाबी गरे ।
उनले भने, ‘हामीले माधव नेपालको लागि ढोका खुला गरेका छैनौं । विश्वमणीजीलाई उहाँले गरेको कारवाहीको के अर्थ, चौतारीले दिएजस्तो सम्मान उहाँलाई दिने हो भने उहाँ नै आउनुहुन्छ । तर, उहाँले जे गल्ती गर्नुभएको छ । त्यो स्वीकार्य छैन ।’
उनले माधव नेपालबाहेक अरु नेताहरुलाई स्वागत गर्न आफूहरु तयार रहेको बताए ।
शुक्रबार नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन रुपमा रहेको समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष सुवेदीसहित उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गरेका छन् ।
प्रतिक्रिया