काठमाडौं । नेपालले प्रथम खो–खो विश्वकपको उपाधिका लागि आइतबार भारतसँग खेल्दैछ ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा हुने खेलमा नेपालको महिला र पुरुष दुवै टोलीले उपाधिका लागि भारतसँग खेल्ने भएको हो ।
महिला टोलीले साँझ ७:१५ बजे भारतसँग खेल्ने छ । त्यसलगत्तै पुरुष टोलीले भने ८ बजे भारतसँग खेल्ने छ ।
सेमिफाइनलमा महिलातर्फ नेपालले युगान्ड र पुरुषतर्फ इरानलाई पराजित गर्दै उपाधिनजिक पुगेको थियो ।
नेपालबाट टिम गेममा कुनै पनि खेलको विश्वकप फाइनल पुगेको यो पहिलोपटक हो ।
प्रतिक्रिया