वासिङ्टन । चीनका उपराष्ट्रपति हान झेङले चीन र अमेरिकाबिचको द्विपक्षीय सम्बन्धको स्वस्थ र दिगो विकासमा चीन चीन सदैव प्रतिवद्ध रहेको जनाएका छन् ।
चिनियाँ उपराष्ट्रपति हानले अमेरिकाका नवनिर्वाचित उपराष्ट्रपति जेडी भान्ससँगको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको महत्त्वपूर्ण सहमतिलाई पालना गर्न चीन सधैँ तयार रहेको बताएका हुन् । उजले राष्ट्रप्रमुखको कूटनीतिको रणनीतिक मार्गनिर्देशनको पालना गर्न चीनले अमेरिकासँग मिलेर काम गर्ने बताए ।
अमेरिकी पक्षको निमन्त्रणामा सीको विशेष प्रतिनिधिका रूपमा सोमबार ट्रम्पको शपथ ग्रहण समारोहमा भाग लिन हान वासिङ्टन डिसी पगेका छन् । भान्ससँगको भेटमा हानले सर्वप्रथम ट्रम्पलाई सीको शुभकामना सुनाएका थिए भने र भान्सलाई अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका थिए ।
हानले भने, “जबसम्म दुवै पक्षले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवैको हितका लागि सहकार्यको सिद्धान्तलाई कायम राख्छन्, तबसम्म उनीहरूले एकअर्काको प्रगतिमा योगदान पुर्याउनेछन्, दुई देशलाई फाइदा पुर्याउनेछन् र विश्व शान्ति र विकासमा महत्त्वपूर्ण योगदान दिनेछन् ।” उहाँले आर्थिक र व्यापारिक सम्बन्ध दुवै पक्षका साझा चासोका महत्वपूर्ण विषय भएको उल्लेख गरे ।
चीन र संयुक्त राज्य अमेरिकाबिच मतभेद र तनावका बावजुद, उनीहरूले व्यापक साझा हित र स्थानका लागि काम गरेका छन् र दुवै पक्षले यस सम्बन्धमा संवाद र परामर्शलाई बलियो बनाउन सहकार्य गर्ने हानले उपराष्ट्रपति भान्ससँगको भेतवार्तामा बताए ।
प्रतिक्रिया