काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख धरौटी माग गरिएको छ । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।
धरौटी बुझाएर जोशी रिहा भएका छन् ।
जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, शतिशकृष्ण खरेल, अधिवक्ताहरू अपूर्वक खतिवडा, रोचक रेग्मीले बहस गरेका थिए । जाहेरवालाहरूको तर्फबाट ५ जना सरकारी वकिल, वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीले बहस गरेका थिए ।
प्रतिक्रिया