रविको मुद्दा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा

रविको मुद्दा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा



बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा हुने भएको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधमा मुद्दा दर्ता भएपछि लामिछाने आज कार्यालय खुल्नेबित्तिकै जिल्ला अदालत रूपन्देहीमा हाजिर भएका थिए ।

लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडिआइजी छविलाल बन्जाडे जोशीसहित १४ जना र यसअघि गत वैशाख ३ गते २८ जनामध्ये ८ जना गरी २२ जनालाई आइतबार सहकारी ठगी र संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको थियो ।

लामिछाने सोही मुद्दाका लागि जबाफ दिन जिल्ला अदालत रूपन्देही आएका हुन् ।