काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टिमकी कप्तान पुजा महतोले आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा समूह चरण र प्लेअफका खेलहरूसम्म आइपुग्दा सर्वाधिक विकेट लिने बलर बनेकी छन् ।
शुक्रबार भइरहेको मलेसियासँगको प्लेअफ खेलमा ४ विकेट लिँदै उनी हालको अवस्थामा सर्वाधिक विकेट टेकरको शीर्षमा उक्लिएकी हुन । पुजाले ४ खेलमा ९ विकेट लिइन् ।
लिस्टको दोस्रो स्थानमा श्रीलंकाकी चमुदी प्रबोदा ७ विकेटका साथ छन् भने ७ विकेट नैलिएकी स्कटल्याण्डकी मासी माइकेरा तेस्रो स्थानमा छन् । चौथो र पाँचौंमा भारतका वैष्णवी शर्मा र आयुषी शुक्ला छन् ।
अब सुपर सिक्सदेखि सेमिफाइनलका खेलहरू बाँकी नै भएकाले अन्य खेलाडीहरू सूचीमा माथि आउनेछन् । हालका लागि पुजा शीर्षस्थानमा छिन् ।
मलेसियालाई नेपालले ४५ रनमा अलआउट गरेको छ । पुजाले ३.५ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् ।
जोहर क्रिकेट एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको योगफल तयार पारेको हो ।
नेपाल बिरूद्द उत्रिएको मलेसियाकी नुरीमनले १५ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् ।
प्रतिक्रिया