संसद्मा आज अध्यादेश निर्णयार्थ पेस नहुने

संसद्मा आज अध्यादेश निर्णयार्थ पेस नहुने



काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभामा आज अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस नहुने भएको छ । सरकारले गत माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश पेस गरेको थियो ।

ती अध्यादेश अस्वीकृत गर्न प्रतिनिधि सभामा प्रतिपक्षी दलका सांसदहरूले ५० र राष्ट्रिय सभामा १६ वटा अस्वीकृत प्रस्ताव दर्ता गरेका थिए ।

संसद बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएपनि अहिलेसम्म सुरू भएको छैन ।

कानुन मन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची बिहीबारका लागि नराख्न आग्रह गरेका छन् ।

उनले अर्को दिन अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची राख्न आग्रह गरेकाे बताइएकाे छ ।