काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले समर्थन नगर्ने निर्णय गरेको हो ।
सरकारले ल्याएकाे विभिन्न ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय जसपा नेपालले गरेको हो ।
बाँकी ५ वटा अध्यादेश अगाडि बढाउने सन्दर्भमा स्वीकृतिका लागि सकारात्मक रहने जसपा नेपालले जनाएकाे छ ।
उपाध्यक्ष राजकिशोर यादव नेतृत्वकाे कार्यदलले गरेकाे अध्ययन प्रतिवेदनका आधारमा यस्तो निर्णयमा पुगिएको जसपा नेपालले जानकारी दिएकाे छ ।


प्रतिक्रिया