पुटिनले ट्रम्पसँग चाँडै वार्ता गर्ने

पुटिनले ट्रम्पसँग चाँडै वार्ता गर्ने



मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेको रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले जानकारी दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बैठकको बारेमा जानकारी दिएका हुन् ।

शुक्रबार बिहान मिडियासँग कुरा गर्दै पेस्कोभले भने, ‘बैठकमा रूसलाई थप जानकारी प्रदान गरिएको थियो भने राष्ट्रपति पुटिनले आफूसँग भएको जानकारी राष्ट्रपति ट्रम्पलाई हस्तान्तरण गर्नुभएको छ ।’

पेस्कोभले पुटिन र ट्रम्प चाँडै भेट्ने पनि बताए । यद्यपि, उनले यो बैठक कहिले हुनेछ भनेर खुलाएनन् ।

उनका अनुसार स्टिभ अमेरिका फर्केपछि उनले ट्रम्पलाई भेट्नेछन् र पुटिनसँगको भेटको अपडेट दिनेछन् । त्यसपछि ट्रम्प र पुटिनबिचको भेटको मिति तय गरिनेछ।

यद्यपि, उनले दुवै नेताले यस विषयमा सँगै छलफल गर्नुपर्नेमा सहमति भएको स्पष्ट पारे ।