काठमाडौं । कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठकी आमा लीलादेवी श्रेष्ठको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । उनको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने काँग्रेस केन्द्रीय कार्यालयका कार्यबाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिएका छन् । यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवाले शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रतिक्रिया