काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कवितामार्फत् ‘भाइमारा र मूर्ति चोर’ को संज्ञा दिएका छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी शक्तिहरूको गतिविधि केन्द्रित कविता सुनाएका हुन् ।
आज (सोमबार) मदन भण्डारी कला साहित्य प्रतिष्ठानले गरेको हिमवत् खण्ड कला–साहित्य–संस्कृति सम्मेलनलाई समापन गर्दै प्रधानमन्त्री ओलीले कविता सुनाएका थिए ।
कवितामा प्रधानमन्त्री ओलीले ‘हराएको मूर्ति खोजी भइरहेको, भाइमाराको खोजी भइरहेको’ जस्ता बिम्ब कवितामा उल्लेख गरेका थिए । सिधै चोर बन्न नमिलेकाले ‘मूर्ति हराएको’ भन्नुपरेको प्रधानमन्त्री ओलीको प्रष्टोक्ति थियो । कविताबाटै राजावादी गतिविधिको आलोचना गरेका प्रधानमन्त्रीले त्यस्तो अभियान नचल्ने विश्वास पनि व्यक्तसमेत गरेका छन् ।


प्रतिक्रिया