यू-१९ विश्वकप छनोटका लागि नरेनको कप्तानीमा टोली घोषणा

यू-१९ विश्वकप छनोटका लागि नरेनको कप्तानीमा टोली घोषणा



काठमाडौं । आउँदो अप्रिलमा नेपालमै हुने आईसीसी यू-१९ विश्वकप एसिया छनोटका लागि नरेन भट्टको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले सोमबार १८ सदस्यीय टोली घोषणा गरेको हो । यसपछि १४ सदस्यीय अन्तिम टोली घोषणा गरिने क्यानले जनाएको छ ।

छनोट प्रतियोगिता मुलपानी क्रिकेट रंगशालामा अप्रिल १२ देखि सुरु हुँदै छ ‌। त्यसअघि नेपालले अफगानिस्तानको टोलीसँग पनि ३ खेलको शृंखला खेल्ने छ ।