अधिकांश क्याम्पसमा मतदान शुरु

अधिकांश क्याम्पसमा मतदान शुरु

क्याम्पसमा स्ववियु निर्वाचन आज


ग्लोब नेपाल
81
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रि.वि.)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शुरु भएको छ ।

आज बिहान ८ बजेदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन शुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । उनले अधिकांश क्याम्पसमा मतदान शुरु भइसकेको बताए । उनका अनुसार मतदान अपराह्न ४ बजेसम्म हुने छ ।

मतदान लगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने उनले बताए । त्रि.वि.ले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ । निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूह लगायतले भाग लिएका छन् ।

स्ववियु निर्वाचन २०६५ सालदेखि भने नियमित हुनसकेको थिएन । एकैपटक २०७३ चैत १५ गते निर्वाचन भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पस बाहेक सम्पन्न भएको थियो ।

त्रि.वि.मा २०१८–१९ देखि प्रत्यक्ष प्रणालीबाट निर्वाचन हुँदै आएकामा २०३० सालसम्म प्रत्येक वर्ष र २०३६ सालदेखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन थालेको हो ।