आरआर क्याम्पसमा मध्यराति अनेरास्ववियुले गर्‍यो तालाबन्दी

आरआर क्याम्पसमा मध्यराति अनेरास्ववियुले गर्‍यो तालाबन्दी

अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मध्यराति तालाबन्दी गरेको छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अन्तिम तयारी भइरहेका बेला क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले सोमबार मध्यराति ताला लगाएको हो ।

यसको निष्पक्ष छानबिन गर्न पनि सो संगठनले माग छ । यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ ।