काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा प्रतिनिधिसभा सदस्य दीपक बोहराको आज अन्त्येष्टि गरिदैछ ।
उनको आज दिउसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको हो । त्यसअघि बोहराको पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि आज दिउँसो २ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय चाबहिलमा राखिने भएको छ ।
रा.प्र.पा.ले आफ्ना नेता तथा प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनमा दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय पदाधिकारीको मंगलबार बसेको आकस्मिक बैठकले बोहराको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रकट गरेको छ ।
यस अवधिमा पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटीस्तरका कार्यालयमा झण्डा आधा झुकाइने र कुनै औपचारिक कार्यक्रम नगरिने राप्रपाले जनाएको छ । बैठकले बोहराको निधनले राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनमा ठूलो क्षति पुगेको निष्कर्ष निकालेको छ ।
प्रतिक्रिया