काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई राजनीतिक स्वार्थ पूरा गर्न, असहिष्णुता फैलाउन वा अराजक तथा आपराधिक गतिविधिमा प्रयोग गर्न नहुने बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले तीनकुने घटनामा भएको आगजनी र हिंसा आपराधिक कार्य भएको स्पष्ट पारे। उनले त्यसलाई धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने बताए।
‘धर्म व्यक्तिको आस्था र विश्वास हो। सबै धर्मप्रति सम्मान र सहिष्णुता हाम्रो परम्परा हो,’ गृहमन्त्री लेखकले भने, ‘हामी कुनै पनि धर्मको नाममा हिंसा वा अराजकता फैलाउने कामलाई स्वीकार गर्दैनौं।’
उनले तीनकुनेमा राजतन्त्रको समर्थनमा भएको प्रदर्शन नेपालको संविधानविपरीत रहेको उल्लेख गर्दै त्यसमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन अनुसन्धान भइरहेको जानकारी पनि दिए।


प्रतिक्रिया