नेपालमा पहिलो पटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा, अरु को-को मुछिए ?

नेपालमा पहिलो पटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा, अरु को-को मुछिए ?



काठमाडौं । नेपालको इतिहासमा पहिलो पटक कुनै पूर्व प्रधानमन्त्रीविरुद्ध सार्वजनिक सम्पत्तिमा हानी पुर्‍याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान, साँगा, महेन्द्रज्योतिमा पतञ्जलि योग पीठ तथा आयुर्वेद कम्पनी नेपालले कानुनी हदबन्दीभन्दा बढी जग्गा खरिद गरी कम्पनी सञ्चालन गरेको र त्यस्तो जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बिक्री गरेको आरोपसहित यो मुद्दा दायर गरिएको हो ।

मन्त्रिपरिषद्को सामूहिक निर्णयविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको पनि यो पहिलो पटक हो ।

अख्तियारले संघीय संसद प्रतिनिधि सभाका सांसद तथा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूलाई सार्वजनिक सम्पत्तिमा हानि-नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

पूर्णपाठ :