इरानद्वारा प्रतिकार स्वरूप इजरायलमा मिसाइल प्रहार

इरानद्वारा प्रतिकार स्वरूप इजरायलमा मिसाइल प्रहार



इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल प्रहार गरेको छ। मिसाइल प्रहारले जेरुसेलमबाट धुवाको मुस्लो तेल अभिभ तर्फ गइरहेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यम बी.बी.सी.ले जनाएको छ ।

उक्त मिसाइल प्रहारबाट हाल ४० जना इजरायलीको अस्पतालमा उपचार भइरहेको छ। यसअघि इजरायलले इरानमा आक्रमण गरी इरानी रिभोलुसन गार्डका कमान्डर हुसेन सलामी सहित धेरै आणविक वैज्ञानिकहरूको हत्या गरेको थियो।

शुक्रबार इरानको आणविक केन्द्रमा आक्रमण गरेको इजरायलले इस्फाहनको आणविक संरचना पुरै नास भएको जनाएको थियो । त्यसको केही मिनेटमा नै तेल अभिभमा धुवाको मुस्लो देखिएको हो । आक्रमण गरे लगत्तै इरानले इजरायलले ठुलो क्षति सहनु पर्ने बताएको समाचारमा उल्लेख छ ।

इरानमा लगातार आक्रमण जारी राखेको इजरायलले विश्वभर रहेका आफना दुताबासहरु बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार इजरायलले दुताबासको वेवसाइट मार्फत सुचना जारी गर्दै कुनै प्रकारको कांसुलर सेवा प्रदान नगर्ने उल्लेख गरेको छ ।