इजरायल-इरान तनाव उत्कर्षमा : दुवै पक्षबाट रातभर आक्रमण

इजरायल-इरान तनाव उत्कर्षमा : दुवै पक्षबाट रातभर आक्रमण



इजरायल र इरानबीच भिषण आक्रमण जारी छ । इजरालयले इरानको रक्षा मन्त्रालय र तेल भण्डारहरुमा आक्रमण गरेको छ भने इरानले राजधानी तेलअभिभ लगायतका क्षेत्रमा आक्रमण गरेको छ ।

इरानले इजरायलमाथि ठूलो संख्यामा ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ । इजरायलले गरेको आक्रमणको २४ घण्टा नबित्दै बदला स्वरुप इरानले मिसाइल प्रहार गरेको हो । आक्रमणमा परी कम्तिमा तीन जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् ।

इजरायलको तेल अभिभमा भएको इरानी आक्रमणमा एक जना र मध्य इजरायलमा दुई जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यले जनाएका छन् । आणविक केन्द्रहरुलाई निसाना बनाउने गरी इजरायलले गरेको आक्रमणको प्रतिवादमा इरानले शनिबार जेरूसलेम र तेल अभिभ लगायतका क्षेत्रमा मिसाइल र रकेट प्रहार गरेको थियो ।

यसैबीच, इरानले अमेरिका, बेलायत र फ्रान्सलाई उनीहरुको सैन्य अड्डामा हमला गर्ने चेतावनी दिएको छ । इरानी हमलालाई निष्क्रिय पार्न खोजे वा इजरायललाई सहयोग गरे सैन्य अखडामा आक्रमण गर्ने धम्की दिएको समाचारमा उल्लेख छ ।