बाढी पहिरोले देशको विभिन्न राजमार्गका ११ सडक अवरुद्ध

बाढी पहिरोले देशको विभिन्न राजमार्गका ११ सडक अवरुद्ध


ग्लोब नेपाल
0
Shares

काठमाडौं । मनसुन शुरु भएसँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न राजमार्गका सडक अवरुद्ध भएका छन् । वर्षा सँगैको आएको बाढीपहिरोका कारण देशका ११ मुख्य राजमार्ग अवरुद्ध बनेको हो । बिहीबार बिहान नेपाल प्रहरीले दिएको जानकारी अनुसार देशका ११ मुख्य राजमार्ग अवरुद्ध बनेको छ ।

प्रहरीका अनुसरा धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, ग्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने ती मुख्य राजमार्गका सडक अवरुद्ध बनेका हुन् । जसमध्ये ६ वटा सडक पूर्णरुपमा अवरुद्ध भएको छ भने पाँच वटा सडक एकतर्फी सञ्चालनमा छन् ।