नेप्से सूचक लगातार तेस्रो दिन उकालो लाग्दै आज २८.९१ अंकले वृद्धि भई २,६६०.३९ बिन्दुमा पुगेको छ। उत्पादन र व्यापार समूहबाहेक सबै सूचकहरू हरियालीमा रहे। विशेषगरी, माइक्रोफाइनान्स र लगानी समूह क्रमशः २% भन्दा बढीले उकालो लागेका छन्।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको देखिएको छ। हिजो ६.३८ अर्बको कारोबार भएकोमा आज ३०९ कम्पनीका १.५७ करोड कित्ता शेयरहरू ७.०३ अर्ब रुपैयाँ मा किनबेच भएका छन्।


प्रतिक्रिया