रवि लामिछानेमाथि प्रतिशोधको विरोधमा २५ दिनभित्र २४ लाखभन्दा बढीको हस्ताक्षर

रवि लामिछानेमाथि प्रतिशोधको विरोधमा २५ दिनभित्र २४ लाखभन्दा बढीको हस्ताक्षर



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको विरोधमा सुरु गरिएको हस्ताक्षर अभियानमा हालसम्म २४ लाख ५७ हजार ६ सय १८ जनाले समर्थन जनाएका छन्।

अभियान सुरु भएको २५ दिनभित्र यति ठूलो संख्यामा हस्ताक्षर संकलन भएको हस्ताक्षर संकलन अभियानका संयोजक तथा पार्टीका सह-कोषाध्यक्ष दीपक बोहराले जानकारी दिएका हुन्। उनका अनुसार देशभित्रका विभिन्न स्थानहरूका साथै विदेशमा रहेका नेपालीहरूबाट पनि उल्लेख्य समर्थन प्राप्त भइरहेको छ।

बोहराका अनुसार आगामी साउन ५ गतेदेखि वडा समितिमार्फत् ‘घरदैलो हस्ताक्षर अभियान’ सञ्चालन गरिनेछ। साथै, नेपाल–भारत सीमा नाकाहरूमा समेत हस्ताक्षर बुथ राखिने तयारी भइरहेको जनाइएको छ।