ओलीलाई कर्ण थापाकाे प्रश्न : हामीले उमेरहद र दुई कार्यकालको कुरा उठाउन किन नपाउने ?

ओलीलाई कर्ण थापाकाे प्रश्न : हामीले उमेरहद र दुई कार्यकालको कुरा उठाउन किन नपाउने ?



काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र स्थायी कमिटि सदस्य कर्ण थापाबीच सवालजवाफ भएको छ ।

शुक्रबार बैठक सुरु हुनासाथ स्थायी कमिटि सदस्य थापाले बोल्न खोजेका थिए । तर अध्यक्ष ओलीले तपाई(थापा)को बोल्ने पालो नआएको भन्दै रोकेपछि उनीहरुबीच सवालजवाफ भएकाे हाे ।

“प्रतिवेदन पेस पश्चात् बोल्ने पालो आएपछि थापाले ७० वर्षे उमेरहद र दुई कार्यकालको कुरा उठाएका थिए, ती नेताले भने थापाले बोलेको कुरा उद्धृत गर्दै भने, तपाई(ओली)६० वर्षको हुँदाखेरी ७० वर्षे उमेरहदको कुरा उठेको थियो । त्यतिखेर तपाईले उठाउनुभयो । अहिले अब हामी ६० वर्षका भएका छौँ, तपाई ७० वर्षको पुग्नुभयो । हामीले अहिले उक्त कुरा उठाउन किन नपाउने ?’

पोलिटब्युरो बैठकमा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको विधान संशोधन प्रस्ताव प्रस्तुत भएको छ । पौडेलले विधानमा गर्नुपर्ने हेरफेरसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । पौडेलपछि महासचिव शंकर पोखरेलले संगठनसम्बन्धी प्रतिवेदन पेस गरेका छन् ।