मनाङमा जिप दुर्घटना

मनाङमा जिप दुर्घटना


ग्लोब नेपाल
162
Shares

लमजुङ । मनाङको ताल डाँडामा जिप दुर्घटना हुँदा चालकसहित तीनजना घाइते भएका छन् । मनाङ सदरमुकाम चामेबाट लमजुङ सदरमुकाम बेसीसहर तर्फ आउँदै गरेको ग ३ च ३४७० नम्बरको जिप बिहान साढे ९ बजे ताल प्रहरी चेक पोष्ट नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परि जिप चालक, जिपमा सवार एक महिला र उनको दुई वर्षीय छोरा घाइते भएको प्रहरीले जनाएको छ । जिप ब्रेक फेल भएर दुर्घटना भएको मनाङका डिएसपी प्रेम सागर केसीले बताए । प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएको छ ।