देशको राजनीतिको खाँबो आफैँले थेगेजस्तो लागिरहेको छ, छोडेँ भने गर्ल्यामगुर्लुम हुन सक्छ : प्रचण्ड

देशको राजनीतिको खाँबो आफैँले थेगेजस्तो लागिरहेको छ, छोडेँ भने गर्ल्यामगुर्लुम हुन सक्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले अहिले सरकारमा नभएपनि देशको राजनीतिको खाँबो आफैँले थेगेजस्तो लागिरहेको बताएका छन्। रङ्गीन घरहरू (कथासङ्ग्रह) लोकार्पण समारोहमा सम्बोधन गर्दै उनले भने ‘आफू प्रमुख प्रतिपक्ष दलको नेता मात्रै भएपनि पूरै जिम्मा आफ्नै काँधमा भएजस्तो महसुस हुन्छ।’

उनी भन्छन , “अहिले म सरकारको नेतृत्वमा छैन। प्रमुख प्रतिपक्ष दलको नेता छु। तर देशको राजनीतिको खाँबो मैले छोड्दिए भने भत्किहाल्छ जस्तो लाग्छ। गर्ल्यामगुर्लुम ढल्नी पो हो कि जस्तो लाग्छ। पूरै जिम्मा मेरै काँधमा जस्तो लाग्छ, कहिलेकाहीँ सोच्छु यस्तो त हुँदैन जीवन त। निश्चित अवधिसम्म गर्ने हो प्रकृतिको नियम अनुसार मरिन्छ, अर्कोले आएर लान्छ गाडीमा।”

उनले थपे, “तर जिम्मेवारी बोध आफ्नो अन्तिम अवस्था नभएसम्म जिम्मेवारीले थिचिराख्ने र त्यो जिम्मेवारी पूरा गर्नको लागि समर्पित भइराख्नुपर्ने आवश्यकता छ। साहित्य क्षेत्रमा मैले धेरै दिन नसके पनि मैले शान्ति प्रक्रियामा आएपछि र पहिलो पटक प्रधानमन्त्री भएपछि साहित्य, कला र खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राखेको छु।”