काठमाडौं । अस्ट्रेलियाले इरानका राजदूतलाई सात दिन भित्र अष्ट्रेलिया छोड्न आदेश दिएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजले इरानले सिड्नी र मेलबर्नमा यहूदी–विरोधी आक्रमणलाई पूरा गर्न निर्देशन दिएको आरोप लगाउँदै राजदूतलाई देश छाड्न आदेश दिएको बीबीसीले जनाएको छ ।
अस्ट्रेलियाका लागि इरानी राजदूत अहमद सादगी र अरू तीन अधिकारीलाई सात दिनभित्र अस्ट्रेलिया छाड्न आदेश दिइएको छ । बाहिरी देशका तर्फबाट अस्ट्रेलियाको भूमिमा असाधारण र खतरनाक आक्रमण भएको अष्ट्रेलियाको आरोप छ ।
गएको वर्षको अक्टोबर २० मा सिड्नी र डिसेम्बर ६ तारिखमा मेर्लबर्नमा भएको आक्रमणमा इरानको संलग्नता रहेको अस्ट्रेलियाको सुरक्षा गुप्तचर सङ्गठनले दाबी गरेको छ । इरानले भने आरोप अस्वीकार गरेको छ ।
दोस्रो विश्वयुद्ध पछि अस्ट्रेलियाले कुनै पनि देशका राजदूतलाई निष्कासन गरेको यो पहिलो पटक रहेको बीबीसीले जनाएको छ । अस्ट्रेलियाले आफ्ना नागरिकलाई इरानको यात्रा नगर्न आग्रह गरेको छ ।


प्रतिक्रिया