वीरगञ्ज । पर्साको वीरगञ्जमा अहिले सम्म एक सय ३६ जनामा हैजा पुष्टि भएको छ । यसमध्ये ५६ जना उपचारपछि डिस्चार्ज भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत धनी सिंहले जानकारी दिनुभयो । गएराति थप एक सय १४ जना झाडापखालाका विरामी अस्पताल भर्ना भएका छन् ।
अहिलेसम्म झाडा पखालाका पाँच सय ३९ बिरामीहरु भर्ना भएकोमा एक सय ३६ जनामा हैजा देखिएको हो । दुई सय ८३ जनाको विभिन्न अस्पतालहरुमा उपचार भईरहको छ । झाडा पखालाका दुई सय ५७ जना बिरामी उपचारपछि घर फर्किएको जनस्वास्थ्य अधिकृत सिंहले जानकारी दिए ।
महानगरमा हैजा नियन्त्रणका लागि तीनवटै तहका सरकार सक्रिय छन् । जनचेतनामुलक कार्यक्रमहरु पनि भईरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
सरकारले हैजा नियन्त्रणउन्मुख रहेको दाबी गरेको छ । पानीका स्रोतको शुद्धीकरण, जनचेतना र औषधीसहितको दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने सरकारले नीति लिएको छ ।
संघीय तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा सङ्घीय सरकार, प्रदेश तथा पालिका सरकार र विश्व स्वास्थ्य सङ्गठनको टोली खटिएर काम गरेकाले हैजा नियन्त्रणउन्मुख अवस्थामा आएको जनाएको छ ।


प्रतिक्रिया