संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचन भदौ २० गते

संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचन भदौ २० गते



काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा भदौ २० गते निर्वाचन हुने भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा शुक्रबार निर्वाचन हुने जानकारी गराइएको हो ।

राज्यव्यवस्था तथा सुशासन समिति सभापति बन्न भदौ १० गते संसदीय सुनुवाइ समितिकाे सभापतिबाट ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि उक्त पद रिक्त छ ।

रिक्त पदमा शुक्रबार निर्वाचनको तय भएको हो ।