काठमाडौं । जेन-जी पुस्तालाई प्रदर्शन गर्न प्रशासनले अनुमति दिएको छ । माइतीघर-नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न अनुमति माग्न जेन-जी केही विद्यार्थीहरू जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका थिए ।
काठमाडौंंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले जेन जीहरू आएकोले निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिएकाे बताए ।
शान्तिपूर्ण प्रदर्शनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइने पनि उनले बताए ।
सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति नेता र उनीहरुको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबार प्रदर्शन गर्ने घोषणा गरेका छन् ।


प्रतिक्रिया