जेन-जी प्रदर्शनकारी र प्रहरीबीच झडप

जेन-जी प्रदर्शनकारी र प्रहरीबीच झडप

प्रहरीले गर्‍याे व्यापक लाठीचार्ज, अश्रुग्याँस र पानीकाे फाेहाेरा प्रहार



काठमाडौं । माइतीघरबाट निस्किएको जेनजी प्रदर्शनकारीको जुलुस बानेश्वरस्थित संसद भवनतर्फ अघि बढेको छ । प्रहरीको ब्यारिकेड तोड्दै जुलस अगाडि बढेपछि तनाव उत्पन्न भएको छ ।

संसद भवनतर्फ जाने प्रयास गरेका केही युवाहरुलाई प्रहरीले व्यापक लाठीचार्ज, अश्रुग्याँस र पानीकाे फाेहाेरा प्रहार गरेकाे छ । त्यसका बाबजुद पनि भिड रोकिएको छैन ।

प्रहरीले पानीको फोहरा हान्ने गाडीलाई संसद भवन अगाडि राखेको छ ।

युवाहरुले प्रहरीलाई पानीको बोतल प्रहार गरेका छन् ।