काठमाडौं । जेनजी आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार बिहान कर्फ्यु आदेश जारी गरेको छ ।
बिहान ७ बजेदेखि रातिको १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०८८ को दफा ६ को बमोजिम ललितपुर जिल्लाको विभिन्न स्थानमा कर्फ्यु लगाइएको हो ।
ललितपुर महानगरपालिका, वडा नं. २, ४, ५, १५ र २४ भित्रका क्षेत्रमा कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कफ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।
वडा नं. ४, ५, १५ र २४ को भैंसेपाटी क्षेत्र, वडा नं. २ सानोपा स्थित इन्द्रायणी मार्ग आसपास क्षेत्र, वडा नं. १ को च्यासल क्षेत्रमा कर्फ्यु आदेश लागु हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया