काठमाडौं । आन्दोलनकारीहरूले काठमाडाैंको महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शीतल निवासमा समेत आगजनी गरेका छन् ।
जेन–जीको आह्वानमा भएको आन्दोलनको दोस्रो दिन आज शीतल निवास छिरेका प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन् ।
त्यसैगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकाे निवास भंगालमा आन्दाेलनकरीले आगजनी गरेका छन् । बूढानिलकण्ठस्थित भंगालमा रहेकाे निवासमा केहीबेर अघि प्रदर्शनकारीले नियन्त्रणमा लिएर आगाे लगाइएकाे भण्डारीका नीजि सचिव राजकुमार राइले जानकारी दिएका छन् ।
उनका अनुसार भण्डारी सुरक्षित छन् भने उनकाे घर आगाेले नष्ट भएकाे छ ।
सरकार विरूद्द आक्राेशित नवयुवाले थालेकाे आन्दाेलनमा सरकारले बल प्रयाेग गरेपछि हिँसा भड्किएकाे हाे । शीर्ष दलका नेता, एवं मन्त्री र सांसदलाइ प्रदर्शनकारीले निशाना बनाएका छन् ।
कांग्रेस सभापती शेरबहादुर देउवाकाे निवासमा प्रवेश गरेर देउवा दम्पति माथि नै आक्रमण गरेका थिए भने घरमा आगाे लगाइ दिएका थिए ।


प्रतिक्रिया