काभ्रेपलाञ्चोक । काभ्रेको धुलिखेलस्थित जिल्ला कारागारमा पनि आगजनी भएको छ । अहिले दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको छ ।
कारागार बाहिर ठूलो संख्यामा नेपाली सेना परिचालन गरिएको छ । साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटिएको छ ।
कारागारभित्र नाराजुलुस गर्दै कैदीहरू बाहिर निस्कन पाउनुपर्ने बताइरहेका थिए । सोही क्रममा उनीहरूले आगजनी गरेका हुन् ।
त्यसैगरी उता विराटनगरको हाटखोलास्थित मोरङ कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि हवाई फायर भएको छ ।
नाराबाजी गर्दै कैदीबन्दीले गेट तोडेर भाग्ने प्रयास गरेपछि नेपाल प्रहरीको टोलीले १६ राउन्ड हवाई फायर गरेको छ ।
अहिले सुरक्षा तैनाथी बढाइएको छ । स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
कैदीबन्दीका आफन्तसमेत कारागारको गेटअगाडि आएर होहल्ला गर्न थालेपछि प्रहरीले हवाइ फायर खोलेको हाे ।


प्रतिक्रिया