काठमाडौं । संविधान जोगाऔँ भन्दै एक युवा माइतीघर मण्डलामा बसेका छन् । जेन–जीको आन्दोलनपछि अन्तरिम सरकार बन्दै गर्दा संसद विघटन गर्ने अनि संविधान लेख्ने चर्चा चलिरहँदा उनी भने संविधान जाोगाउन आह्वान गर्दै माइतीघरमा बसेका हुन् ।
संविधान लेख्ने दल तथा नेताहरु बाहिर आउन नसकिरहेका बेलामा यी युवक भने संविधान बोकेर यसको रक्षार्थ खडा भएका हुन् ।
उनलाई नेपाली सेनाले प्रश्न गरेर त्यहाँ नबस्न निर्देशन दिएको तस्बिरमा देख्न सकिन्छ । उनको पोषाक हेर्दा उनी अधिवक्ता जस्ताे लाग्छ ।
नेपाली सेनाले माइतीघरको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाएको छ । माइतीघर आइपुग्नु अघि ठाउँठाउँमा नेपाली सेनाले चेक जाँच गरिरहेको छ ।
माइतीघर मण्डलालाई ठूलो संख्यामा सेना परिचालित छन् ।
राजनीतिक दलका नेताहरू विज्ञप्तिमार्फत् जेनजीको माग गर्न सकिने भन्दै संविधान भित्रबाटै समाधान खोज्नुपर्ने बताइरहेका छन् ।
माइतीघरमा आज संविधानको रक्षाका लागि प्रदर्शन भन्दै सामाजिक सञ्जालमा केही युवाले पोस्टसमेत राखेका थिए ।



प्रतिक्रिया