काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि भएको आक्रमणको भर्त्सना गरेको छ । आइतबार विज्ञप्ति जारी गरेर आक्रमणको भर्त्सना गरेको हो ।
‘लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रूपमा संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा आरजु राणा देउवा माथिको अमानवीय र वर्वरतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भर्त्सना योग्य छ । उहाँहरू उपचारको क्रममा रहनुभएकोले शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ’, उपसभापति पूर्ण बहादुर खड्काले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी पार्टीका अग्रजहरू, नेताहरू तथा अन्य राजनीतिक दलका नेताहरू माथि भएको भौतिक आक्रमण निन्दनीय र भर्त्सना योग्य रहेको पनि उल्लेख गरिएको छ ।


प्रतिक्रिया