काठमाडौं । सुशीला कार्की नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद्को बैठक अहिले जारी छ । सिंहदवारमा केही समयअघिदेखि बैठक जारी छ ।
जेन जेड आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेपछि कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो ।
कार्की नेतृत्वको सरकारका तीन मन्त्रीले आजै शपथ लिएर पदभार ग्रहण गरेका थिए । कार्कीले अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङ मन्त्री छन् ।


प्रतिक्रिया