उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सरकारकाे निर्णय

उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सरकारकाे निर्णय

असोज १ गते शोक विदा दिने सरकारको निर्णय



काठमाडौं । सरकारले जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक निर्णय गरेको र यसको संरचना कस्तो हुने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

उनले भेन, ‘जुन जनधनको क्षति भयो । ज्यादती भयो । यसको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको छ । त्यसको प्रतिवेदनको आधारमा अघि बढ्ने सैद्धान्तिक निर्णय भएको हो ।’

उनले उक्त आयोगमा को को हुने भन्नेबारे टुंगो नलागेको बताए ।

त्यसैगरी सरकारले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन विदा दिने निर्णय आज बसेको मन्त्रीपरिषद वैठकले गरेको हो ।