पछिल्लो वर्षाजन्य विपदमा ज्यान गुमाउनेको सङ्ख्या ४९ पुग्यो

पछिल्लो वर्षाजन्य विपदमा ज्यान गुमाउनेको सङ्ख्या ४९ पुग्यो



काठमाडौं । गएको शुक्रवारदेखि भएको वर्षाका कारण उत्पन्न विपद्मा ज्यान गुमाउनेको सङ्ख्या ४९ जना पुगेको छ ।

प्रहरीका अनुसार पहिरो, बाढी र गाडी दुर्घटनामा परेर ज्यान गुमाउनको सङ्ख्या ४९ जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा सबैभन्दा धेरै इलाममा ३७ जना रहेका छन् । यस्तै रौतहटमा ३, उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् ।

यस्तै रसुवामा ४, इलाममा १, बारामा १ र काठमाण्डाैमा १ गरी ७ जना बेपत्ता छन् ।