काठमाडौं । संघीय राजधानी काठमाडौंलाई वाग्मती, मधेस र कोसी प्रदेशका जिल्लाहरूलाई जोड्ने बीपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ ।
असोज १७, १८ र १९ गतेको लगातारको वर्षासँगैको बाढीपहिरोबाट राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब चार किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी एकतर्फी रूपमा सञ्चालन गरिएको छ ।
सडक दुईतर्फी रूपमा भने आइतबारबाट सञ्चालनमा आउने संघीय सडक सुपरिपेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले बताए ।
अवरुद्ध भएको सडक खुलाउन रोशीखोलामा डाइभर्सन निर्माण, बगर मिलाउने र खाल्डा पुरिएको छ । क्षति पुगेको सडक सोमबारबाट मर्मत सुरु गरिएको थियो । बाढीपहिरोले काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पुर्याएको थियो ।


प्रतिक्रिया