काठमाडौं । आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ मा संयुक्त अरब इमिरेट्स (यूएई) सँगकाे खेलमा नेपालले टस जितेकाे छ ।
ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । आजकाे खेलमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेलेकाे टाेलीलाई नै निरन्तरता दिएको छ ।
नेपाली टाेली
कुशल भुर्तेल, आसिफ शेख, राेहित पाैडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जाेरा, गुल्सन झा, साेमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।


प्रतिक्रिया