काठमाडौं । दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली पाकिस्तान ९३ रनले विजयी भएको छ ।
पाकिस्तानले दिएको २ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका चौथो दिनको चिया समयअघि १ सय ८३ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका डेवाल्ड ब्रेभिसले ५४, रायन रिकेल्टनले ४५ रन बनाए । पाकिस्तानका नोमान अली र शाहीन शाह अफ्रिदीले ४/४ विकेट लिए ।
दोस्रो पारीमा पाकिस्तान १ सय ६७ रनमा अलआउट भएको थियो । पाकिस्तानका बाबर आजमले ४२, सउद शकीलले ३८ रन बनाए । दक्षिण अफ्रिकाका सेनुरन मुथुसामीले ५, सिमोन हार्मरले ४ विकेट लिए ।
यसअघि लाहोरको गद्दाफी स्टेडियममा टस जितेर पहिलो पारीको ब्याटिङ गरेको पाकिस्तानले ३ सय ७८ रन बनाएको थियो । पाकिस्तानका इमाम उल हक र सलमान अघाले समान ९३, कप्तान शन मसूदले ७६, मोहम्मद रिजवानले ७५ रन बनाए । दक्षिण अफ्रिकाका सेनुरन मुथुसामीले ६ विकेट लिए ।
दक्षिण अफ्रिकाले पहिलो पारीमा २ सय ६९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका टोनी डे जोर्जीले १ सय ७, रायन रिकेल्टनले ७१ रन बनाए । पाकिस्तानका नोमन अलीले ६ विकेट लिए ।
योसँगै २ खेलको टेस्ट शृङ्खलामा पाकिस्तानले १–० को अग्रता लिएको छ । शृङ्खलाको दोस्रो तथा अन्तिम खेल आउँदो कात्तिक ३ गतेदेखि रावलपिन्डीमा शुरू हुनेछ ।


प्रतिक्रिया