त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको पश्चिम बाँफीकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।
शुक्रबार साँझ जिल्ला सदरमुकाम खलंगाबाट आठबिसकोट नगरपालिका–२, स्यालाखदी जाँदै गर्दा रा१ज ४२२ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।
उनका अनुसार, ज्यान गुमाउनेमा आठबिसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बूढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली छन् । एक जनाको पहिचान खुलेको छैन ।
घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सल्ले ल्याइएको छ । जिप सडकदेखि ७०० मिटर तल खसेको छ ।


प्रतिक्रिया