बंगालको खाडीमा ‘मोन्था आँधी’ सक्रिय

बंगालको खाडीमा ‘मोन्था आँधी’ सक्रिय



काठमाडौं । भारतको मौसम विभागले बंगालको खाडीमा सक्रिय रहेको मोन्था चक्रवात थप शक्तिशाली भएर आँधीबेहेरीमा बदलिने चेतावनी जारी गरेको छ ।

बीबीसी हिन्दीका अनुसार मोन्था आँधीको प्रभाव भारतको महाराष्ट्र, आन्ध्र, अन्दमान निकोबारलगायत क्षेत्रमा पर्नेछ । मोन्था आँधीको गति ९० देखि १०० किलोमिटर प्रतिघण्टाको दरले बढ्ने अनुमान गरिएको छ ।

मंगलबार बिहानैदेखि आन्ध्र प्रदेश, तमिलनाडु, पश्चिम बंगाल र ओडिसाका तटीय जिल्लामा वर्षा र ९० देखि ११० किलोमिटर प्रतिघण्टाको वेगमा हावा चलिरहेको छ । यसका कारण यी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आन्ध्र प्रदेश र ओडिसाका केही भागका निम्ति विशेष चक्रवात चेतावनी जारी गरिएको छ । भारतीय मौसम विभागले सोमबार जारी गरेको अद्यावधिक सूचनामा उल्लेख छ, “चक्रवात मोन्थाको प्रभावले महाराष्ट्रको विदर्भ क्षेत्रमा अक्टोबर २८ देखि ३० सम्म मध्यमदेखि भारी वर्षा हुनसक्छ ।”

नेपालमा मोन्था आँधीको प्रभाव देखिने मौसम विज्ञान विभागले जनाएको छ ।

मंगलबारदेखि विहीबारसम्म बंगालको खाडीबाट सक्रिय भएको मोन्था चक्रवातले हिमपात र वर्षा गराउनेछ । मंगलबार मोन्था आँधीले देशैभरकै बदली गराउने र वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।