इरसमस पुन: काठमान्डु गोर्खाजमा

इरसमस पुन: काठमान्डु गोर्खाजमा



काठमाडौं । नामिबियाका कप्तान जेर्हाड इरसमसले लगातार दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन् ।

काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले दोस्रो विदेशी खेलाडीको रुपमा इरसमसलाई अनुबन्ध गरेको हो । उनले सन् २०१९ देखि लगातार नामिबियाको नेतृत्व गर्दै आएका थिए ।

३० वर्षीय इरसमसले सन् २०२३ र २०२४ मा आईसीसी पुरुष एसोसिएट क्रिकेटर अफ द इयर पुरस्कार जितेका थिए । वर्ष २०२४ को पुरुष एसोसिएट क्रिकेटर अफ द इयर हुनेक्रममा इरसमसले २०२३ मा कीर्तिपुरमा नेपालविरुद्धै विश्व क्रिकेट लिग–२ का खेलमा २८ रन खर्चेर ५ विकेट लिएका थिए ।

जुन उनको एकदिवसीय अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङ प्रदर्शन पनि हो । एनपीएलको पहिलो संस्करणमा काठमान्डु गोर्खाजको उपकप्तानको भुमिकामा उनले सानदार प्रदर्शन गरेका थिए । उनले सात खेलमा एक सय ३७ माथिको स्ट्राइक रेटमा एक सय १० रन बनाउनुका साथै ११.९० को औषतमा ११ विकेट लिएका थिए ।