मौसममा पश्चिमी वायूको प्रभाव कायमै

मौसममा पश्चिमी वायूको प्रभाव कायमै



काठमाडौं । हिजो दिउँसोको तुलनामा मौसममा केही सुधार भएको छ । तर पश्चिमी वायूको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आजको तुलनामा भोलि बदली र वर्षाको सम्भावना धेरै रहेको महाशाखाले जनाएको छ । भोलि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा बाँकी पहाडी भूभागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हुँदा ती क्षेत्रहरूमा दैनिक जनजीवन, कृषि तथा पर्यटन क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।