काठमाडौं । दोलखामा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । जिल्लाको गौरीशंकर गाउँपालिका–९ मा रहेको एलुङ्ग्री हिमाल आरोहण गर्न गएकामध्ये आठजना बेपत्ता भएका छन् ।
नेपाली गाइड सहित सोमबार बिहान यलुङ रि हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो ।
दोलखाको रोल्वालिङ क्षेत्रको ५ हजार ६ सय ३० मिटर अग्लो ‘यलुङ रि’ शिखरको हिमपहिरोमा परेका विदेशीसहित नेपालीको खोजी प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
सम्पर्कविहीनहरूको खोजी र उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ गए पनि मौसमको कारण बस्न नसकेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया