काठमाडौं । न्युजिल्याण्डका जिम्मी निसम पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्ने भएका छन् । पोखराले सामाजिक सामाजिक सञ्जाल फेसबुकमार्फत् जिम्मीलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।
जिम्मीले पहिलो संस्करण जनकपुर बोल्ट्सबाट खेलेका थिए । उनले उक्त सिरिजमा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनको टीम जनकपुर च्याम्पियन बनेको थियो ।
जिम्मीलाई जनकपुरले रिटेन गर्ने धेरैको अपेक्षा थियो । जनकपुर पनि दोस्रो संस्करणमा जिम्मीलाई दोहोर्याउन आतुर थियो । तर, आईसीसीको नियमले जिम्मीलाई ल्याउन जनकपुरलाई दिएन ।
आईसीसीले पहिलो जस्तै दोस्रो संस्करणमा पनि टेस्ट राष्ट्रबाट ४ जना ‘सक्रिय खेलाडी’हरू मात्रै ल्याउन सकिने व्यवस्था गरेको छ । जिम्मी निसम अहिले न्यूजिल्यान्डबाट टी-२० खेलिरहेको हुँदा उनी सक्रिय खेलाडी हुन् ।


प्रतिक्रिया