काठमाडौं । काठमाडौं गोखार्जले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजयी शुरुआत गरेको छ । जनकपुर बोल्ट्सले दिएको एक सय ३१ लक्ष्य पछ्याएको काठमाडौंले ओभर १८ ओभरमा ५ विकेट गुमाएर भेटायो ।
काठमाडौंका बेन चाल्र्सवर्थले ४६ , आकाश त्रिपाठीले ३९ र मिलिन्द कुमारले १९ रन बनाए । जनकपुरका ललित राजवंशी, निकोल लोफ्टी इटन, सन्जय कृष्णमूर्ती, किशोर महतो र अनिल साहले समान एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । जनकपुरका आसिफ शेखले ५४, मयन यादवले अविजित ३४ रन बनाए । काठमाडौंका मिलिन्द कुमारले ३ विकेट लिए ।
आजदेखि शुरू भएको एनपीएलको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ । एनपीएलमा जनकपुर, काठमाडौंसहित, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल राति फ्ल्डलाइटमा हुनेछन् । यस पटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण गरिएको छ । प्रतियोगिताको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ प्रदान गरिनेछ । त्यसैगरी उपविजेता टोलीले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख रुपैयाँ पाउनेछन् ।


प्रतिक्रिया