एनपीएल : कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जित

एनपीएल : कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जित



काठमाडौं । अन्तिम चार ओभरमा ६९ रन बनाएपछि नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको छ ।

बसिर अहमेदको अर्धशतकमा विराटनगरले कर्णालीविरुद्ध सनसनीपूर्ण जित निकालेको हो । बसिरले ४३ बलको सामना गर्दा तीन चौका र तीन छक्काको मद्दतमा नटआउट ६० रन बनाए ।

कर्णाली याक्सले दिएको १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी हुँदा ७ विकेटको क्षतिमा १६३ रन बनाउँदै पूरा गरेको हो । दुई बलमा चार रन आवश्यक परेको अवस्थामा बसिरले छक्का प्रहार गर्दै लक्ष्य पूरा गरेका हुन् ।