अन्तराष्ट्रिय साहित्य समाजको नवौं अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा आयोजना हुदै

अन्तराष्ट्रिय साहित्य समाजको नवौं अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा आयोजना हुदै



कोलोराडो (अमेरीका) । अन्तराष्ट्रिय साहित्य समाजको नवौं अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन आगामी मे महिनामा कोलोराडोमा हुने भएको छ ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय कार्यसमितीको आयोजना तथा अनेसास कोलोराडो शाखाको संयोजनमा आगामी मे महिनाको २२ तारिक देखी २५ तारिक सम्म चारदिने अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन हुनलागेको हो ।

साहित्य सम्मेलनको तयारीकोलागी शनिबार नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा संघ संस्थाका प्रतिनिधी, साहित्यकार तथा नागरिक समाजका अभियान्ताहरूको बैठकमा कार्यक्रम बारे बिष्तृत जानाकारी तथा तयारीका बारेमा प्रारम्भिक छलफल सम्पन्न भएको हो ।

अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा अनेसास केन्द्रिय महासचिव राजु सिटौलाले कार्यक्रम गर्नुको उद्देश्य र सम्मेलनको चार दिनमा आयोजना गरिने प्रश्ताविक कार्यक्रमहरूको ढाँचा प्रश्तुत गरेका थिए । त्यसैगरी बैठकमा अनेसास बोर्डअफ ट्रष्टिका सभापती पदम विश्वकर्माले यस अघीका ८ वटा सम्मेलनहरू कहिले कहाँ कहाँ सम्पन्न भए, कोलोराडोमा यो सम्मेलन गर्नुको कारण, प्रश्तावित आय ब्ययको बारेमा प्रकाश पारेका थिए ।

यसैगरी कार्यक्रम संयोजक कोलोराडो च्याप्टका तर्फबाट अध्यक्ष किरण अधिकारीले कार्यक्रमलाइ भब्य र सभ्यताका साथ सम्पन्न पार्न मुलसमिती र विषयगत उप समितीहरूका नाम प्रश्ताव गरेका थिए ।

नेपाली भाषा साहित्यको विकास र विश्व साहित्यमा नेपाली साहित्यको पहिचान बारे अन्तरक्रिया तथा छलफल गर्दै साहित्यीक अभिरूची बढाउने कार्यक्रमको उद्देश्य रहेको छ । साहित्यिक सम्मेलनमा गजल गायन, कविता वाचन, अन्तरक्रिया, छलफल तथा साहित्यिक भ्रमण हुनेछन् ।

सन् २००९ मा पहिलो अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरीकाको न्यूयोर्कमा सम्पन्न भएपछि हरेक दुइ दुइ बर्षमा अमेरिका सहित जापान, अष्ट्रेलिया, पोर्चुगल, बेलायत लगायतका विश्वका बिभिन्न सहरमा ८ वटा सम्मेलन सम्पन्न भइसकेका छन् । नेपाल सहित विश्वका बिभिन्न देशबाट १ सय ५० जना भन्दा बढि साहत्यिक अनुरागीहरू सहभागी हुने अनुमान गरिएको सम्मेलनमा करिव ५३ हजार डलर खर्चलाग्न सक्ने बताइएको छ ।

कोलोराडोमा अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना गर्नपाउनु नेपाली भाषीहरूको गौरवको कुरा हो भन्दै सम्मलेलन सफलताका साथ सम्पन्न बनाउन सबै सहभागी संघ संस्थाका पदाधिकारी तथा अभियान्ताहरूले यथासक्य सहयोग गर्ने प्रतिबद्दता जनाएका छन् ।

अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीको संयोजकत्वमा केन्द्रिय समितीका महासचिव, कोषाध्यक्ष, च्याप्टरका पदाधिकारी तथा कोलोराडोमा सकृय संघ संस्थाका अध्यक्षहरू सम्मिलीत मुल समिती बनाइने भएको छ ।

अनेसास केन्द्रिय समितीका कोषाध्यक्ष तारा अधिकारीद्वारा सहजिकरण गरेको बैठकमा सहभागीहरूले कार्यक्रम संम्बन्धी बिभिन्न जिज्ञासा सहित आ आफ्ना सुझाव राखेका थिए । बिशेष गरेर सहभागीहरूले कार्यक्रम नेपालीहरको आस्थाको केन्द्र नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजना गर्न सुझाव दिएका थिए ।

यस सन्दर्भमा आयोजक समिती यस अघी भएका बिभिन्न सम्मेलनको उदाहरण दिदै पाहुनाहरूको बसाइ भएको होटलमा नै कार्यक्रम गर्दा धेरै प्रभावकारी हुने भन्दै नेपाली घरमा सम्मेलनको चारदिनको कार्यक्रम मध्ये कुनै एकदिनको कार्यक्रम मात्र गर्न सकिने धारणा राखेका थिए ।